• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चीनबाट आउन थालेपछि प्याजको भाउ सस्तियो


  • धनकुटा खबर
  • .

काठमाण्डौ – चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ ।

काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ ।
यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ ।

मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो । त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो ।

काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖