• Tuesday 6th of October 2026

जापानमा विमान अवतरणका क्रममा भीषण आगलागी …


  • धनकुटा खबर
  • .

काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ ।

जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमान धावनमार्गमा अगाडि बढ्दै अर्को विमानसँग ठोक्किएको र दुवैमा आगो लागेको देख्न सकिन्छ।

रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन-चितोसे विमानस्थलबाट उडेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖