• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।

उनीहरूको रुस-युक्रेन युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि रुसी सेनामा कार्यरत ७ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा कुन्दन सिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका थिए।

योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖