• Tuesday 6th of October 2026

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल


  • धनकुटा खबर
  • .

जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ ।

होक्काइडोबाट आएको विमान अवतरण गर्ने क्रममा जापानी तटरक्षक विमानसँग ठोकिनेबित्तिकै ठूलो आगलागी भएको थियो । आगलागीकै बीचमा जापान एअरलाइन्सको विमानमा रहेका तीन सय ७९ जना यात्रु र चालक दलका कर्मचारीको उद्धार भएको बीबीसीले जनाएको छ ।

यस्तै जापानी तटरक्षक विमानका एक जनाको उद्धार गरिएको र पाँच जना बेपत्ता रहेका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

एक घण्टासम्म पनि अग्नि नियन्त्रकले आगो निभाउन सकेका छैनन् । अहिले हानेदा विमानस्थलबाट हुने सबै उडान स्थगित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖