पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन् ।
उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला अदालत कास्कीले जनाएको छ ।
उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमै कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ ।
उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।
