• Thursday 8th of October 2026

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज हुने


  • धनकुटा खबर
  • .

नेपालले आगामी महिना अन्तिममा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक टि२० आई खेलको सिरिज खेल्ने भएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजपछि टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग २ को खेल फेब्रुअरी १७ देखी २४ सम्म नेपालमा आयोजना हुँदैछ । त्यसपछि फेब्रुअरी २७ देखी ५ मार्चसम्म टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ । उक्त त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

नेपालले लिग २ मा सेप्टेम्बरमा क्यानडामा गएर खेल्नेछ । क्यानडामा नेपाल र ओमान हुनेछन् । यस वर्ष अन्तिम लिग २ त्रिकोणात्मक सिरिज अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।

क्यालेन्डर अनुसार नेपालले मार्च ६ देखी १२ सम्म चार देश सम्मिलित टि२० आई सिरिज पनि खेल्नेछ । मार्च १९ देखी ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्यान्ड ए बीच पाँच एकदिवसीय र तीन टि२० खेलको सिरिज पनि खेल्नेछ ।

सेप्टेम्बरमा क्यानडा, ओमान र नेपालबीच क्यानडामा त्रिकोणात्मक टि२० आई सिरिज पनि हुनेछ । अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टि२० आई सिरिज पनि हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖