• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ढाल बहादुर पक्राउ


  • धनकुटा खबर
  • .

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ घर भई काठमाडौंकाे बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकी रहेका छन् ।

बुढाथोकीले मिलन नेपाली समेत १४ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि फुड प्याकिङमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनि प्रलोभनमा पारी २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार असनमाबाट पक्राउ गरेको हाे ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖