• Tuesday 6th of October 2026

गाजामा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुग्यो


  • धनकुटा खबर
  • .

लडाकु समूह हमाससँगको लडाइँमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा ज्यान गुमाउने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६ सय पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमास र इजरायलबीच लडाइँ शुरु भएदेखि हिजोसम्म २२ हजार ६ सयको सङ्ख्यामा प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । यी आक्रमणमा एक सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, दुई सय ९६ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमाले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसपछि इजरायलले हमासविरुद्ध कारबाही थालेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖