• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको हो । रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।

वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । सो पार्टी उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौँको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौँ र अन्य पदाधिकारीहरु विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन् ।
प्रदेश समितिका सदस्यहरुलाई भने निर्वाचन आयोगले पर्यवेक्षणका लागि विभिन्न वडाहरुमा खटाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖