• Monday 5th of October 2026

सास गन्हाएर हैरान हुनुहुन्छ ?


  • धनकुटा खबर
  • .

दिनहुँ दाँत माझ्दा पनि मुखबाट दुर्गन्ध आउने समस्याबाट धेरै मानिस हैरानमा छन् । कतिपयले यस्तो समस्या आफूले थाहा पाउँदैनन् तर, अरुलाई त्यसले हैरान पारेको हुन्छ ।

सास गन्हाउने समस्याको कारण मानिसहरु वरिपरि आउन तयार हुँदैनन् । मानिसहरु टाढिन्छन् । कहिँलेकाहीँ यो समस्याले लाजमर्दो पनि बनाउँछ ।यहाँ हामी सास गन्हाउने समस्याबाट कसरी टाढा हुने भन्ने सन्दर्भमा विज्ञहरुले सुझाएको सुझावलाई प्रस्तुत गरेका छौं । थाहा पाउनुहोस् सास गन्हाउने समस्याबाट कसरी मुक्त हुन सकिन्छ ?

प्रशस्त पानी पिउने
दैनिक ब्रस गरेपछि पनि धेरैलाई सास गन्हाउन थाल्छ, यसबाट छुटकारा पाउन दैनिक प्रशस्त पानी पिउनुपर्छ । पानी पिएर सास गन्हाउने समस्याबाट राहत पाउन सकिन्छ ।

ल्वाङ
बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले दाँत माझ्नु पर्छ र ल्वाङ चपाउनु पर्छ, यसले सासको दुर्गन्धलाई हटाउन मद्दत गर्छ । व्यक्तिहरुको बीचमा जाँदा ल्वाङ खाएर जानु उचित हुन्छ ।

नरिवलको तेल
नरिवल तेल धेरै लाभदायक छ। यसलाई केही समय मुखमा राखेर कुल्ला गर्नुहोस्, यसले दुर्गन्ध हटाउन भूमिका खेल्छ ।

दाँतमा तोरीको तेल
तोरीको तेलमा नुन मिसाएर गिजामा राम्ररी मालिस गर्नुहोस्, यसले सासको दुर्गन्ध पनि रोक्छ। तपाईंको दाँत पनि चम्किलो हुनेछ। एजेन्सीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖