• Monday 5th of October 2026

नङ फुल्नु गम्भीर रोगको लक्षण !


  • धनकुटा खबर
  • .

कहिलेकाही हाम्रा नङमा सेतो दाग जस्तो देखिन्छ । जसलाई हामी नङ फुलेको भन्छौ । हाम्रो समाजमा नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारणा छ। तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो।

हामी भन्ने गर्छौ, “यदि नङमा सेतो दाग देखियो भने नयाँ कपडा लगाउन पाइन्छ ।” वास्तवमा यो शरीरमा रातो रक्तकोष, भिटामिन, म्यग्नेसियम, जीङ्क र क्याल्सियमको कमि भएमा देखा पर्छ । नङमा सेतो दाग देखिनु भनेको बितेको समयमा कतै चोट लागेको संकेत गर्नु पनि हो । कलेजो, मिर्गौला, मधुमेह, छालाका रोगहरु र एलर्जीका कारणले पनि नङमा सेतो दाग देखा पर्छ ।

केहि कस्मेटिक नङपालिस र नङपालिस हटाउने सामग्रीहरुको प्रयोगले नङमा सेतो दाग देखिन्छ । लामो समयसम्म औषधीको प्रयोग गर्नाले पनि नङमा सेतो दाग देखिन्छ । यसको नियन्त्रणका लागि स्वस्थ, सफा र ताजा पौष्टिक तत्वहरुको उपभोग गर्नुपर्छ र आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउनुपर्छ ।

नङ फुल्नुका कारण

नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ। नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ। घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन। ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ।

एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ। नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ।

जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ। जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ। गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ।

प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ। यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ। तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ। यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ।

क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ। तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस।

गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ। तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन।

के गर्ने ?

क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस्।

भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने।

मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ।

भिटामिन सि युक्त फलफुल खाने।

जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖