• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जयशंकरको अन्तिम संस्कार आज, सुरु भयो शव यात्रा


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २३ । सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको आज अन्तिम संस्कार गरिदैछ । बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।

घटनाको तीन दिनसम्म सडकमै रहेको साहको शव परिवारले बुझेपछि आज अन्तिम संस्कार गरिन लागेको हो । अन्तिम संस्कारका लागि उनको शव यात्रा निकालिएको छ । नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा अन्तिम संस्कार गरिने छ ।

आन्दोलनमा समेत सहभागी नभएका साहको मृत्यु भएपछि ३ दिनसम्म उनको शव सडकमै अलपत्र थियो। पीडित पक्षसँग ११ बुँदे सहमति भएपछि उनको शव पोष्टमार्टम् पछि परिवारले शव बुझेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖