• Monday 5th of October 2026

के चिसो पानी पिउँदा मोटोपना बढ्छ ?


  • धनकुटा खबर
  • .

चिसो पानी पिउनाले मोटोपना बढाउने आम धारणा छ । धेरै मानिसहरू विश्वास गर्छन् कि जब हामी चिसो पानी पिउछौं, जसले वजन बढाउन सक्छ। तर, के यो सत्य हो ?

के चिसो पानी पिउँदा साँच्चै मोटोपना हुन सक्छ ? यसबारे विज्ञान के भन्छ ? जानौं विज्ञहरू के भन्छन्, चिसो पानी पिउँदा वास्तवमा मोटोपना बढ्छ कि बढ्दैन ?

कति पानी पिउनुपर्छ ?
पानी हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ। पर्याप्त मात्रामा पानी पिउनु हाम्रो स्वास्थ्यको अनिवार्य छ। नेशनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ एन्ड मेडिसिन (यूएस)का अनुसार १९ वर्ष वा सोभन्दा माथिका पुरुषहरूले दैनिक कम्तीमा ३.७ लिटर (१५.५ कप) पानी पिउनुपर्छ भने १९ वर्ष वा सोभन्दा माथिका महिलाहरूले दैनिक कम्तिमा २.७ लिटर (११.५ कप) पानी पिउनुपर्छ।

जबकि गर्भवती र सुत्केरी महिलालाई योभन्दा बढी पानी चाहिन्छ। पर्याप्त मात्रामा पानी पिउँदा हामी ताजा र ऊर्जावान महसुस गर्छौं। यो हाम्रो छालाका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले दैनिक पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

जान्नुहोस् विज्ञानले के भन्छ
चिसो पानीको बारेमा सामान्य धारणा छ कि यसले वजन बढाउन सक्छ। तर, जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिज्मका अनुसार चिसो पानीको तौल बढ्नेसँग कुनै सम्बन्ध छैन। वास्तवमा, पानीमा कुनै क्यालोरी हुँदैन, त्यसैले यसले वजन बढाउन सक्दैन । चिसो पानीले अरू केही बेफाइदाहरू भने गर्न सक्छ ।

चिसो पानीले पेटसँग सम्बन्धित समस्याहरू जस्तै ग्यास, कब्जियत आदि हुन सक्छ। घाँटीमा दुखाइ वा सूजन हुन सक्छ। टाउको दुख्ने समस्या हुन सक्छ । दाँत दुख्ने वा संवेदनशीलता बढ्न सक्छ।

यदि तपाईले धेरै मात्रामा धेरै चिसो पानी पिउनुभयो भने मात्र यी सबै खतराहरू देखिन सक्छन् । मनताताे पानी पिउनुले कुनै हानि गर्दैन।

जब हामी धेरै चिसो खानेकुरा खान्छौं वा पिउँछौं, हाम्रो शरीरले आफ्नो आन्तरिक तापक्रम कायम राख्न बढी ऊर्जा खर्च गर्छ। एजेन्सीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖