• Tuesday 6th of October 2026

फेला पर्‍यो विमानको हराइरहेको भाग


  • धनकुटा खबर
  • .

अलास्का एयरलायन्सको हराएको भाग फेला परेको छ। बीबीसीका अनुसार गत शुक्रवार अमेरिकाको पोर्टल्यान्डबाट उडान भरेको अलास्का एयरलाइन्सको फ्लाइट नम्बर १२८२ को एक भाग उडानको क्रममै हराएको थियो।

१७१ जना यात्रु सवार जहाजको हराएको भाग बब नामक एक शिक्षकको यार्डमा फेला परेको अनुसन्धान गरिरहेको टोलीले बताएको छ।

उक्त घटना पछि अमेरिकामा हवाई उडानको नियामक निकायले बोइङ्ग ७३७ म्याक्सका ९ औँ श्रेणीका सबै विमानको उडानमा रोक लगाइदिएको थियो।

१७१ विमानको सम्पूर्ण प्राविधिक जाँचका लागि उक्त रोक लगाइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖