• Tuesday 6th of October 2026

अरूको बच्चाको हेरचाह गर्ने काम गरेर वर्षमा ३ करोडभन्दा धेरै कमाइ !


  • धनकुटा खबर
  • .

काठमाडौं । सामान्यतया काम गर्ने आमाबाबुले आफ्ना छोराछोरीको लागि न्यानीहरू भाडामा लिन्छन्। उनीहरूको काम दिनभर बालबालिकाको हेरचाह गर्ने र उनीहरूलाई स्कूलमा लैजानेदेखि लिएर उनीहरूको गृहकार्य गराउने काम हुन्छ।

हामीले अनुमान गर्ने हो भने न्यानीको तलब २० हजार वा २५ हजार रुपैयाँ वा त्यो भन्दा अलि बढी हुन सक्छ। तर सोन्या कुमार नामकी न्यानीको तलब र उनले पाउने थप सुविधा सुनेर तपाई छक्क पर्नुहुनेछ ।

लन्डनको विम्बल्डनकी यी २८ वर्षीय न्यानी ए-लिस्ट सेलिब्रेटी, अन्तर्राष्ट्रिय फुटबलर र कूटनीतिज्ञहरूको घरमा काम गर्छिन्। जब उनी आफुले हेरचाह गर्ने बच्चाहरूसँग यात्रा गर्छिन् उनी द रिट्ज जस्ता पाँच-तारे होटलहरूमा बस्न पाउँछिन् र फर्स्ट क्लास क्रूजहरूमा यात्रा गर्छिन्।

साना बालबालिकाको हेरचाह गर्न र लामो समय काम गर्न गाह्रो छ, तर उनको तलब पनि समान रूपमा उच्च छ। सोन्याको वार्षिक प्याकेज २ लाख पाउण्ड (३ करोड ४० लाख) सम्म छ।

डेली स्टारको समाचार अनुसार सोन्याले भनिन्, ‘सुरुमा मलाई बालबालिकाको हेरचाह गर्ने काम पटक्कै मन परेन । त्यसपछि मैले यसलाई पैसाको लागि पार्टटाइम कामको रूपमा गरें र त्यसपछि मैले महसुस गरें कि म यो गर्न चाहन्छु। मैले यसको लागि एक कोर्स गरें र केही एजेन्सीहरूसँग साइन अप गरें र ग्राहकहरूले मैले आफूलाई प्रस्तुत गर्ने तरिका मन पराए। नतिजास्वरूप २१ वर्षको उमेरमा म फुलटाइम न्यानी भएँ। मैले धेरै प्रसिद्ध व्यक्तिहरूको लागि काम गरेको छु, जसले मलाई धेरै पहिचान दियो।’

उनले भनिन्, ‘कहिलेकाँही ग्राहकहरूले मलाई आफ्ना बच्चाको लागि सबै पैसा तिर्न बैंक कार्ड दिन्छन् र कहिलेकाहीँ मसँग निजी कार र चालक हुन्छ। यो सबै शानदार छ’। सोन्याले पहिलो पटक १७ वर्षको उमेरमा न्यानीको रूपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला उनी रेस्टुरेन्ट म्यानेजर पनि थिइन् । त्यसपछि उनले उच्च स्तरको न्यानी बन्न बाल हेरचाह अध्ययन गर्न थालिन्। र त्यसपछि एजेन्सीहरु संग सहकार्य गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖