• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रियल गोर्खा सहकारीका अध्यक्षसहित २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्‍यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्‍य विनोद कुमार ओझा रहेका छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖