• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

३५ फिट गहिरो इनारमा खसेका व्यक्तिको सकुशल उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुर महानगरपालिकाको जावलाखेलमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

ललितपुर उपमहानगर–५ जावलाखेलस्थित स्टील टावरको पछाडि एक घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।

नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘इनार नजिकै रुख रहेछ, इनारको ढक्कनमाथि लड्दा सिधै तल खसेछन्, रुख भएका घरधनीले तत्काल खबर गरेपछि हामीले उद्धार गर्न सकेका हौं ।’

हाछेथुका अनुसार इनारमा ३ फिट मात्रै पानी रहेछ । सापकोटालाई बन्जी जम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए ।

‘उहाँको पिठ्युँ र पछाडिको भागमा चोट लागेको छ । उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको छ । अस्पतालले उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ,’हाछेथुले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖