• Monday 5th of October 2026

बिहे गर्दै विजय देवराकोन्डा र रश्मिका मन्दना!


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता विजय देवराकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले विवाह गर्न लागेको खबर बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टु डेका अनुसार उनीहरूले फेब्रुअरीको दोस्रो सातामा इन्गेजमेन्ट गर्ने भएका छन्। उनीहरू धेरैपटक सँगै देखिएका छन्। रश्मिकाले विजयको घरमा दिवाली समेत मनाएकी थिइन्। उनीहरू सम्बन्धमा रहेको कुरा उनीहरूनिकट व्यक्तिहरूले दावी पनि गरिरहेका छन्।
निकट स्रोतका अनुसार उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा छन्। अहिलेसम्म विजय र रश्मिका कसैले पनि आफूहरूको सम्बन्धबारे बोलेका छैनन्।

रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।

यतिबेला रश्मिका अभिनीत फिल्म ‘एनिमल’ प्रदर्शन भइरहेको छ। फिल्मले विश्वभरबाट ८०० करोडबढी कमाइ गरेको छ। हाल उनी अल्लु अर्जुनसँग फिल्म ‘पुष्पा २’ को छायांकन गरिरहेकी छन्।

पछिल्लो समय विजय सामन्था रूथ प्रभुसँग फिल्म ‘खुसी’ मा देखिएका थिए । अब उनी निर्देशक परशुराम पेटलाको फिल्म ‘फ्यामिली स्टार’ देखिनेछन्। त्यस्तै उनी फिल्म ‘भिडी १२’ को तयारीमा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖