• Saturday 28th of November 2026

यी २ चर्चित खेलाडीको जिन्दगी महिलाका कारण ध्वस्त


  • धनकुटा खबर
  • .

संसारमा जसको नाम हुन्छ, उसको आलोचना र प्रशंसा स्वभाविक हुन्छ । आफु बाँचेर पनि मरेको जस्तै जिवन जिईरहेका केही खेलाडीको वास्तविक्ता खोतल्ने प्रयास गर्नेछौँ ।

क्रिकेटमा उनीहरु चर्चित छन्। क्रिकेटमा देखाएको जादुमयी प्रदर्शनका कारणले उनीहरु बिश्व चर्चित छन् । उनीहरुले रेकर्डमाथी रेकर्ड ब्रेक गरेका छन् तर उनीहरुको जिन्दगीमा कालो बादल मडारिन कहिले छोडेन् । तिनै खेलाडीको बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

१. मोहम्मद शमी
महिलाका कारण लास बनेर जिईरहेको नाम हो मोहम्मद शमी । क्रिकेट हेर्ने र बुझ्ने समर्थकका लागि यो नयाँ नाम पक्कै होईन् । उनले पटक पटक आत्महत्या गर्ने प्रयास समेत गरेका छन् । भारतका चर्चित खेलाडीको रुपमा रहेका शमी २०२३ मा सबैभन्दा कम खेल खेलेर बढी विकेट लिने खेलाडी हुन् । उनले न्यूजिल्याण्डबिरुद्ध एक्लैले ७ विकेट लिएर रेकर्ड नै बनाएका थिए । उनले बनाएका रेकर्डहरुको फेहरिस्त निकै लामो छ । आउनुस शमीको जिन्दगी महिलाको कारण कसरी बर्बाद भयो हामी यहाँ चर्चा गर्नेछौ ।

शमीकी पत्नीले लामो फेहरिस्त प्रस्तुत गर्दै आफ्नो भाईद्धारा आफुलाई बलात्कार र जवर्जसतीकरणी गरेको आरोप लगाउँदै मुद्धा लगाएकी थिईन् । उनले पेश गरेका प्रमाणहरुले मोहम्मद शमी भारतीयहरुको नजरमा परेका थिए । भारतको क्रिकेृट बोर्ड (बिसिसिआई)ले क्रिकेटबाटै मोहम्मद शमीको नाम समेत हटाएको थियो । शमीमाथी उनकी श्रीमतीले लगाएको आरोप यतिमा सिमित थिएन ।

शमीले थुप्रै केटीसँग अश्लील हर्कतहरु गरेको आरोप उनीमाथी थियो । प्रेस कन्फेरेन्स गर्दै पत्नीले शमीले अश्लील हर्कत गरेका प्रमाणहरु र केटीसँग गरेका च्याटहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिईन् । अब त के चाहियो र भारतको मिडियालाई ? मसला बनाएर त्यो विषयलाई संसारभर रातारात भाईरल बनाए ।

भारतका एक इमान्दार, मिहिनेती र सरल खेलाडी मानिएकी शमीको इज्जत रातारात ध्वस्त भयो । क्रिकेट समर्थकहरुले नै शमीमाथी भएनभएका सबै आरोप लगाउँदै कडा सजाय हुनुपर्ने मागसमेत राखे । शमीको घरको झगडा आपसी सहमतिमा सुल्झने आम बिश्वासका विच यो झगडा परालको आगो बन्दै संसारभर फैलियो । २०१८ लमा शमीमाथी र उनका ४ नातेदारबिरुद्ध उनकी पत्नीले भारतीय पुलिस ठानामा खतरनाक केस दर्ता गरिन् । शमीलाई बिसिसिआर्इैले कन्ट्रयाक्ट बाटै आउट गरेको थियो भने शमीले जेल जाने सम्भावना पनि बढ्दै थियो ।

शमीले यसैवखत पटक पटक आत्महत्याको प्रयास समेत गरेका थिए । त्यसपछि शमी भारतका चर्चित मिडियामा धाउँदै अन्तरवार्ता दिदैँ पत्रकारका ठाडो शैलीका प्रश्नहरु सामना गर्न थाले । भारतमा समीको साथमा कोही पनि थिएनन् । शमीलाई बलियो बनेर भारतको टिममा कमब्याक गर्नूथियो । जिन्दगीभरको मिहिनेत र कमाई कसैको आरोपमा छिनभरमै ढल्यो भने के होला त ? सुन्दा सामान्य लाग्ने तर यो प्रश्न निकै कठोर छ । शमी आफुलाई सहि प्रमाणित गरी आफुमाथी लगाएको झुटका प्रमाणहरु गलत सावित गर्न चाहान्थे । उनकी पत्नीले आरोप लगाउन मिडियाको सहारा लिएजस्तै आफुर्ला सहि प्रमाणित गराउन उनृले पनि मिडियाको सहारा लिन थाले ।

शमीकी पत्नीले आफ्नो भाईसँग सुत्नका लागि बाध्य पारेको आरोप लागेपछि माहोल झनै तात्यो । यसरी उनकी श्रीमतिले आरोप लगाउने सिलसिला निरन्तर बढ्दै गयो ।

उनकी पत्नी हसिम जहाँले पाकिस्तानी मुस्लिम केटीसँग अश्लील हर्कत गरेको प्रमाण आफुसँग सुरक्षित रहेको भन्दै नयाँ अभिब्यक्ति दिएपछि माहोल झनै तात्यो ।

त्यसपछि उनकी पत्नीले लगाएन अर्को गम्भीर आरोप । केटीहरुलाई लगेर दुबईमा बेच्ने धन्दामा पनि शमीको संलग्नता छ ।उनले पाकिस्तानी एजेन्टमार्फत यो धन्दा चलाईरहेको बयान दिईन् । त्यसपछि शमीसँग भएको इज्जत पनि बालुवामा पानी भयो ।

त्यसपछि अर्को आरोप लाग्यो शमीले पम्याच फिक्सिगंमा जोडिएको । यतिमै रोकिदैन् यो विषय । यसरी जिन्दगीका केही समय डिप्रेसनमा गुजार्दै थिए शमी । शमीको चाहना यस्ता झुटा आरोपलाई चिर्दै राष्ट्रिय टिममा स्थान बनाउन सफल भए । उनकी श्रीमतीले लगाएका आरोपहरु अदालतले नै खारेज गरिदिएपछि शमी फेरि राष्ट्रिय टिममा फर्किदै देशका लागि महत्वपूर्ण योगदान दिन थाल्छन् ।

यसै क्रममा २०२३ मा निरन्तर बेन्चमा बसिरहेका शमीले आफ्नो खेल कौशलका कारण २०२३ मा सर्वाधिकब विकेट लिदैँ बिश्व रेकर्डका लहरहरु लगाउँछन् । शमीले कमब्याक त गरे तर शमीले आत्महत्याको प्रयास गर्दागर्दै बिताएका केही रातहरु, पुरा भारतले लगाएका ह्युमन ट्राफिकिगं र पाकिस्तानसँगको सम्बन्धका बारेमा लगाएका आरोपहरु, आफ्ना भाईद्धारा बलात्कार गर्न लगाएको लगातारका आरोपहरु चिर्नू सहज पक्कै थिएन् ।

२. सन्दीप लामिछाने
देव खनाल सन्दीप लामिछानेका रुम पार्टनर थिए । देव र लामिछाने एउटै कोठामा बस्थे । जिन्दगीका रमाइृला पक्षहरु सँग दुबैका साक्षात्कार हुन्थे । दुबै अल्लारे उमेरका भएकाले मायापिरतीका कुरा पनि हुन्थे । एकदिन देवले एउटा नयाँ केटीसँग सन्दीपको चिनजान गराईदिन्छन् । पछि सन्दीप लामिछानेको त्याृे केटीसँग चिनजान भएकाले कुराकानी हुदैँजान्छ । उनी पनि सन्दीप लामिछाने जस्तो महान खेलाडीसँग कुरा हुनै भन्दै साथीभाईसँग कुरा लाउथिन् । पछि उनीहरु विच मायाँप्रेम झाँगिदै जान्छ । काठमाडौँमा पढिरहेकी युवतीले सन्दीपलाई भेट्ने फोटो खिच्ने इच्छा जाहेरगर्छन् । उनीहरु नगरकोटको बोजिनी रिर्सोटमा माया पिरतीका गफ साध्दै खाजाँको स्वाद एक अर्कालार्इै चखाउँछन् । त्यसपछि होटलमा जान्छन् । युवती अघिअघि सन्दीप पछिपछि होटलमा जान्छन् ।

राति थुप्रै कुराकानी हुन्छन् । युवतीले आफ्नो आर्थिक अबस्था कमजोर भएको कुरा सुनाउँछिन् लामिछाने पनि आफुले सक्ने सहयोग गर्छन् । यसरी उनीहरु पछि शारिरीक सम्बन्ध प्रारम्भ हुन्छ । सन्दीप लामिछानेको सेडुअल निकै ब्यस्त हुन थाल्छ । सन्दीपसँग किशोरी नजिकिन चाहान्थिन तर उल्टै उनले भएभरका सामाजिक संजालमा ब्लक ठोक्दिन्छन् । साथीभाई हरुको अनुरोधमा पछि बलात्कारको उजुरी दिन्छिन् र महिला अधिकारकर्मीको र मुलधारका मिडियाको साथ समर्थन पनि पाउँछिन् । अदालतमा लामो समयपछि सन्दीप लामिछाने दोष्ी ठहर हुन्छन् । मायँ प्रेम झागिएको केही समयपछि अदालतको यस्तो आदेशसँग जिन्दगीभर कमाएको मिहिनेत, पैसा र भविष्यका सपना छिनभरमै ढल्छन् । यो सँग सन्दीप लामिछानेको गतिशिल जिवनमा एक्कासी ठूलो ब्रेक लाग्न जान्छ । उनले क्रिकेट खेलन छोडिसके । युवतीकै चक्करमा लामिछानेका २ दशकसम्म जान सक्ने करियरका धुम्तिहरु टुगिंन्छन् । अपत्यारिलो ढगंले ढल्छन् भविष्यका लागि साँचेका सबै सपनाहरु ।

यसरी रेकर्ड नै रेकर्ड बनाएका लामिछाने इतिहासमा नफर्किने गरि ढल्छन् लाखौँ नेपाली समर्थकलाई रुवाएर ।
ग्लोबल क्रिकेट स्टारका रुपमा उदाँएका लामिछाने नखेलेको कुनै देश छैन्, अन्तर्राष्ट्रिय रुपमा चर्चित सबै रगंशालामा लामिछानेले आफ्नो गुगली र म्याजिक देखाईसकेका छन् । खराब समयले लामिछानेलाई ढाल्नबढी समय लिएन् ।के मोहम्मद शमी जस्तै न्याय पाएर सन्दीप लामिछानेले कमब्याक गर्लान त ? आशाको त्यान्द्रो भने जिवितै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖