• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल


  • धनकुटा खबर
  • .

जनकपुरधाम, जनकपुरधाममा एक अविवाहित महिलाले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल गरिएको छ । जनकपुरको रामानन्दचोक स्थित संचालित शिव गुरु प्राथमिक उपचार पोलिक्लिनिकमा अवैध गर्भपतन गरिरहेको पाइएपछि सिल गरिएको हो ।

जकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नविन मिश्रका अनुसार एक २० वर्षीय अविवाहित महिलाको ६ महिनाको गर्भ बिनाचेकजाँच स्टाफ नर्स पढेको बताउने जयन्ती साहले गरिरहेको अवस्थामा फेला परेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमनको क्रममा यस्तो भेटिएपछि पोलिक्लिनिक सिल गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख मिश्र र स्वास्थ्य सल्लाहकार डा. नविन साहसहितको अनुगमन टोलिले पोलिक्लिनिक सिल गरेको हो ।

अवैध गर्भपतन गरेको अनुगमनमा फेला परेपछि मेयर मनोज साहको निर्देशनमा पोलिक्लिनिक सिल गरेको उनका स्वास्थ्य सल्लाहकार डा. साहले बताए ।

शाखा पुमुख मिश्रका अनुसार गर्भपतन गर्ने स्वास्थ्यकर्मीले महिलाको २ महिनाको गर्भ रहेको बताएको तर गराउने महिलाले ६ महिनाको गर्भ रहेको भनेपछि थप कागजातहरु खोज्दा नभेटिएको, चिकित्सकको सल्लाहमा चेकजाँच गरेपछि गर्नुपर्नेु पर्ने प्रक्रिया पूरा नगरेको, गर्भपतको बेला चिकित्सक नरहेको लगायत पाइएको हो । जनकपुरमा पछिल्लो समय यसरी जोखिम युक्त गर्भपतन प्रयाप्त मात्रामा क्लिनिकहरुले प्रक्रिया नै पुरा नगरी अवैध रुपमा गर्ने गरिएको व्यापक जनगुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖