• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चेकजाँच गर्ने निहुमा डाक्टरले गोप्य अंग हेर्दै भद्दा मजाक गरेको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं : चेकजाँच गर्ने बहानामा एक चिकित्सकले युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । ग्रान्डी अस्पतालका डाक्टर जसवन शाक्यविरुद्ध जिल्ला अदालत काठमाडौंमा उजुरी दर्ता भएको हो ।

उनले स्वास्थ्य परीक्षण गर्न एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि जाँदा उनले महिला नर्स वा अन्य सहायक कर्मचारी अनुपस्थितिमा नाबालिगको भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ ।

डा. शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ ।

उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖