• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सर्पले मान्छेलाई टोकेपछि मान्छेले पनि टोक्यो सर्पलाई


  • धनकुटा खबर
  • .

तपाईंलाई सर्पले डस्यो भने के गर्नुहुन्छ ? आम मानिसले दिने सोझो उत्तर हुन्छ, उपचार गर्छु । तर, केही यस्ता मानिस पनि हुन्छन्, जसले आफूलाई टोक्ने सर्पसँग बदला लिने पनि सोच्छन् ।

एउटा यस्तै, सुन्दा पनि अचम्म लाग्ने घटना भारतीय गुजरातको महीसागर जिल्लाअन्तर्गत सन्तरामपुर तहसील गाउँमा घटेको छ ।

सन्तरामपुरका ६० वर्षीय पर्वत गाला नामका बृद्धलाई सर्पले डसेको थियो । सर्पले डसेर आक्रोसित बनेका पर्वतले उल्टै सर्पलाई टोकिदिए ।

स्थानीयका अनुसार पर्वतले आफूलाई डस्ने सर्पलाई समातेर उसको टाउको डाँतले चपाइदिएका थिए । पर्वतको टोकाइबाट शरीरभरि विष फैलिएपछि एकछिनमै सर्प मर्‍यो ।

सर्पको डसाइबाट पर्वतको शरीरमा पनि जहर फैलिएको थियो । सर्प मरेको केही बेरमै पर्वतको पनि मृत्यु भयो ।

स्थानीयले पर्वतलाई अस्पताल पु¥याएका थिए । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖