• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मिटरब्याज पीडितमाथि नै खुकुरी प्रहारको प्रयास


  • धनकुटा खबर
  • .

सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।
पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।

डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिराहामा दुई पक्षबीच छलफल चलिरहेको छ।

कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो।

सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको डिएसपी बस्नेतले बताए। साह परिवारले भने उक्त घर किनेको बुझिएको बस्नेतले बताए।

‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’

बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडिओमा देखिएको बयान दिएको पनि उनले बताए।

यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए। -सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖