• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

लागुऔषधसहित प्रहरी सहायक हवल्दार पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

उनीसँग जोडिएका अन्य व्यक्तिलाई पक्राउ गरेपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖