• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

वीरगन्जका मेयर राजेशमानलाई पक्राउको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि झूठो विवरण पेश गरी अरुको छोरीलाई आफ्नो छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको भनी उजुरी परेको छ । मंगलबार बेलुकी उनी विरुद्ध उजुरी दर्ता भएको हो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहबुदिनले दिएको जाहेरी दर्खास्तमा राजेशमान सिंह र उनकी पत्नीको दाम्पत्य जीवनमा एक मात्र सन्तान अनिशमान सिंहको जन्म भएको र अरूको छोरीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता र राहदानी दुवै दिलाएको भनी नागरिकता र राहदानी दुवै खारेज गरी राजेशमान सिंह र नक्कली छोरी भनिएकी रुबिना श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ ।

उनी पक्राउ पर्ने सम्भावना प्रबल छ ।-ग्यालेक्सी खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖