• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युवकद्वारा प्रेमिकाको मुखमा गोली प्रहार


  • धनकुटा खबर
  • .

एजेन्सी । भारत बिहारको मुजफ्फरपुर जिल्लामा गोली चलेको छ । एक युवकले आफ्नी प्रेमिकाको मुखमा गोली प्रहार गरेका हुन् । श्रीमान–श्रीमती बनेर होटलमा कोठा लिएर बसेको अवस्थामा विवाद भएपछि युवकले युवतीलाई गोली प्रहार गरेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । सुरक्षा अधिकारीका अनुसार गोली प्रहार गरेर ति युवक होटलबाट फरार भएका थिए । गोली लागेर घाइते अवस्थामा युवतीले होटलका कर्मचारीलाई गोली हानेको कुरा जानकारी गराइन् ।

मिथनपुरा थाना क्षेत्रको हरिसभा चोकमा रहेको होटलमा भएको घटनापछि युवक पेस्तोल र गोली ओछ्यानमा छोडेर भागेका थिए । होटलका कर्मचारीको सहयोगमा युवतीलाई तत्कालै बैरियाको निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताए । नगरको मालीघाट निवासी ति युवतीको गालामा गोली लागेको छ ।

घटनापछि होटलका कर्मचारीले मिथनपुरा प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । सूचना पाएपछि मिथानपुरा प्रहरी चौकीका अधिकृत राकेश कुमार आफ्नो टोलीसहित होटल पुगेका थिए । कोठाको खान तलाशी गर्ने क्रममा ओछ्यानमा राखिएको पेस्तोलसहित कैयौं राउण्ड गोली समेत बरामद भएको छ । ओछ्यानमा रगत पनि लतपतिएको पाइएको छ ।

यसैबीच एएसपी नगर अवधेशकुमार दीक्षित पनि घटनास्थल पुगेर प्रहरी चौकीबाट घटनाको जानकारी लिएका छन् ।

अनुसन्धानका क्रममा एएसपी अवधेशकुमार दीक्षितले दुवैले श्रीमान–श्रीमतीको रूपमा कोठा बुक गरेको पाइएको बताए । युवतीको नाम र ठेगाना भने खुलाइएको छैन । यो ठूलो लापरवाही भएको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖