• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बमजनको घरमा फेला पर्‍यो १७ देशका अवैध मुद्रा


  • धनकुटा खबर
  • .

तपस्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले १७ देशका अवैध मुद्रा बरामद गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ पक्राउ गरेको बमजनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको हो।

बमजनको घरबाट बरामद गरिएको १७ देशका अवैध मुद्रा र तीन करोड चौतीस लाख नेपाली रूपैयाँ बुधबार ब्युरोले सार्वजनिक गरेको हो।
पक्राउ परेका बमजनलाई आजै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बम्बजनविरूद्ध बाल यौन दूराचारको जाहेरी परेको छ।

उनी सोही अभियोगमा फरार रहेको र प्रहरीले पक्राउ गरेको ब्युरोले जनाएको छ। -नवीनबाबु गुरूङ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖