• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुन्दरताभित्र लुकाइको कर्तुत उदांगियो, अमेरिका पठाउँछु भन्दै ठग्ने महत पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २६ । सुन्र अनुहारभित्र कतिसम्म काला कर्तुत लुकाइएको हुन्छ भन्ने कुरा एक प्रतिष्ठित महिला ठगीमा पक्राउ परेपछि बाहिर आएको छ ।

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन ।

उनले रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी थिइन्। ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖