• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा निरन्तर गिरावट, कति छ बजार भाउ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार १७ पुसयता सुनको मूल्य ओरालो लागेको हो । १७ पुसमा छापावाल सुनको प्रतितोला १ लाख २१ हजार रुपैयाँ थियो । त्यसयता तोलामा २ हजार ७ सय रुपैयाँले घटेर बिहीबार छापावाल सुनको कारोबार १ लाख १८ हजार ३ सय रुपैयाँमा भइरहेको छ । तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

बुधबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ ताकिएको थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ । बुधबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖