• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भन्सार छलेर ल्याएको ७ वटा गाडी बरामद


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल बरामद गरेको छ ।

भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौँबाट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको क्रेटा र भेन्यु तथा नेपाल नम्बर प्लेट भएका क्रेटा र ब्रेजा प्रहरीले बरामद गरेको छ ।

बरामद गाडीहरू आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी केसीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖