काठमाडाैं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमान्ले श्रीमतीकाे हत्या गरेका छन् ।
बिहीबार साँझ मिक्लाजुङ-३ आरुबोटेमा ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गर्दा ३५ वर्षीया गोमा फियाककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।
तुम्बेवा गाउँपालिका-४ मा रहेको घरबाट मिक्लाजुङ-३ ससुराली घर पुगेका कुरुम्वाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेकै बेला खुकुरी प्रहार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।
खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमक पठाइएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि कुरुम्वाङ फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
