• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इलामको माईबाट बास माग्दै चोरी गर्ने बावुछोरा पक्राउ


  • धनकुटा खबर
  • .

इलाम । पूर्वका बिभिन्न स्थानमा बास माग्दै चोरी गर्ने बावु छोरालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ।

भारतीय आर्मी बताउदै बिभिन्न सम्बन्ध गाँसेर बास बस्ने र सोही घरवाट नगद, गरगहना र अन्य जिन्सी सामान चोरी गरेर फरार रहेने गरेका भारत विहार फारबिसगञ्च अररिया पोखरी वस्ती वडा नम्बर–१५ घर वताउने बर्ष ३५ का सन्तोष थापा र उनकै छोरा बताउने बर्ष १० का आर्यन थापा पक्राउ परेका हुन्।

इलामको माई स्थित चिलिमकोट चिया बगानमा रहेका ती ब्याक्तिहरु प्रति शंका लागेर सोधपुछ गर्दा विगत चोरी गर्ने हुलिया मिलेको आधारमा प्रक्राउ गरिएको लोदिया प्रहरी चौकी प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक कैलाश कुमार केसीले जानकारी दिनुभयो।

उनीहरुको साथमा रहेको को ३८ प ११०४ नम्बरको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल मोरङ्ग उर्लाबारीवाट चोरी गरि उनी माई नगरपालिका इलाम तर्फ फरार रहेको सनाखत भएको छ। पक्राउ परेका बाबु छोरालाई विहिवार इलाका प्रहरी कार्यालय उर्लाबारी पठाईएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी प्रकाश जवेगूले जानकारी दिनुभयो। माई नगरपालिका भित्रकै बिभिन्न स्थानमा चोरी गरेको उजुरीका आधारमा ती ब्याक्तिको हुलिया मिलेकाले पक्राउ गरिएको थियो।

उनीहरुले गत मंसीर–६ गते माई–५ को कालिखोलामा ‘छोराको मित’ भन्दै दुईदिन वास बसेर नगद र सरसामान चोरी गरी बेपत्ता भएका थिए। त्यस्तै माई -४ को माया होटलमा गत वर्ष बास बसि होटलकै स्कुटी चोरी गरि गत वेपत्ता रहेको होटल सञ्चालक माया गुरुङले जानकारी दिनुभयो।

यता गत मंसीर १४ गते सन्दकपुर सुलुबुङका ललित गुरुङको पल्सर मोटरसाइकल चोरी गरि सोहि हुलिया मिल्ने ब्याक्ति बेपत्ता रहेको मोटरसाइकल धनी ललितले जानकारी दिनुभयो । यी तीनवटै घटनाको सनाखत भएको डिएसपी जवेगूले जानकारी दिनुभयो ।

केहि समय अघि देखि पूर्वका दमक, पाडाँजुङ्गी, शान्तिनगर, बाहुनडाँगी, चारआली लगायत स्थानमा समेत सोहि हुलियाका ब्याक्तिले चोरी गरेको सुचना सामाजिक सञ्जालमा आउने गरेको थियो।

ठाँउ अनुसार कहिले दमक, कहिले धरान र कहिले इटहरी घर बताउने पक्राउ परेका सन्तोषका आर्यन नाम गरेका छोरा शारीरिक अपाङ्गता रहेका छन्।

प्रत्येक चोरीको घटनामा बुवा छोरा संगै रहने गरेको पिडितहरुले बताउदै आएका थिए । आर्यनको हातका आधा औंला नरहेको र दाहिने घुँडामुनि वरिपरी खाडलझैं घेरा र दायाँ खुट्टाका औला नरहेको हुलिया रहेको छ ।

यसैबीच दक्षिणी इलामको माई नगरपालिकामा चोरी, लुटपाट र लागुपदार्थ नियन्त्रणमा पछिल्लो समय लोदिया प्रहरी चौकी दानाबारीले ठूलो उपलब्धि प्राप्त गर्दै आएको छ। बरिष्ठ प्रहरी नायब निरीक्षक केसीले लोदिया प्रहरी चौकीको जिम्मेवारी लिए संगै शान्ति सुरक्षामा थुप्रै उपलब्धि हासिल भएको स्थानीयले बताउदै आएका छन।-विमल दहाल/माइपोखरी न्यीज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖