• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

चित्लाङ जाँदै गरेको कार सेतो पहराबाट खस्यो, चार वर्षीय बालकसहित ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।
मृतकको शव र गाडी निकाल्ने कार्य जारी रहेको पनि एसपी ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖