• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बूढीगण्डकी बाढीपछि भेडीगोठमा रहेका पाँच जना सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि चुमनुब्री गाउँपालिका–६ चुन्तेतका पाँच जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सिरिङ्गे हिमालको फेदीमा रहेको भेडीगोठमा बस्दै आएका उनीहरू बाढीपछि सम्पर्कमा नआएका हुन्।

सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा रहेका छन्।

प्रहरीका अनुसार पहिरोले उइनगुलुङ खोला थुनिएपछि बनेको ड्याम फुटेर बाढी बूढीगण्डकी नदीमा मिसिएको थियो।

घटनापछि प्रहरी टोली चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङ क्षेत्रमा पुगेको छ। सम्पर्कविहीन पाँचै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖