• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मर्निङवाक हिडेकी बुर्तिबाङकी एक महिला मृत अवस्थामा भेटिइन


  • धनकुटा खबर
  • .

विनोद रसाईली,बुर्तिबाङ ।जिल्लाको ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ घमसिन टोल निवासी वर्ष ३६ की धनसरा र्सिपालीको बडिगाड खोलामा शव फेला परेको छ ।

विहान करिव ७ः३० को समयमा घरबाट मर्निङवाक जान्छु भनेर निस्केकी र्सिपार्ली करिव ९ बजेको समयमा ढोरपाटन नगरपालिका १ खोल्टुबोट भन्ने स्थानमा खोला बीच भागमा स्थानियले फेला पारेका थिए ।

तत्काल ईलाका प्रहरी कार्यालय बुर्तिबाङ लाई स्थानियले खबर गरे सङ्गै प्रहरी घटना स्थलमा पुगेको थियो ।

घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी नीरिक्षक राजकुमार वि।कले जानकारी दिनु भयो ।

मृतकको शव अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टन पश्चात प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ ।

मृतक र्सिपालीले ५ वर्ष अगाडी देखी डिप्रेशनको औषधि सेवन गदै आएको प्रहरीले जानकारी दिएको छ । मृतक र्सिपालीको श्रीमान शिव र्सिपाली बैदेशिक रोजगारी बाट फर्केको केही दिन मात्र भएको स्थानियले बताएका छन् । मृतक र्सिपालीका श्रीमान शिवका अनुसार घरमा कुनै झैझगडा नभएको र आफु १ जना नाता पर्नेको नजिकै मृत्यु भएको र त्यहाँ गएको समयमा घरबाट मोनिङ वाक निस्केको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖