• Tuesday 6th of October 2026

विवाह बन्धनमा बाँधिइन् न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा


  • धनकुटा खबर
  • .

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले विवाह गरेका छन् । परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच सो समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित रहेका थिए।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ । उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड(१९ महामारीका कारण स्थगन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖