काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकको कम्पनी मेटासँग बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ पहिचान सार्वजनिक गर्नेहरुको खोजिलाई तिब्र बनाएको छ।
गौशाला २६ ले दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी दिएसंगै प्रहरीले पहिचान सार्वजनिक गर्नेहरुको खोजिलाई तिब्र बनाएको हो।
गौशाला २६ को तस्विर, नाम सार्वजनिक गर्नेहरुको खोजिका लागि प्रहरीले फेसबुकको कम्पनी मेटासग सहयोग मागेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले मेटासंग गौशाला २६ भन्दै पहिचान खुलाउन खोज्नेहरूको विवरण माग गरेको बताइएको छ।
कसले कुन स्थानबाट पहिचान सार्वजनिक गरेको हो भन्ने बारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले मेटासंग फेक प्रोफाइल प्रयोग गरे पहिचान सार्वजनिक गर्नेहरु बारे पनि अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार फेक प्रोफाइल बारे पनि मेटासंग विवरण माग गरिसकिएको छ। कतिपय नेपालीहरूले विदेशमै बसेर गौशाला २६ भन्दै पहिचान खुलाउने प्रयास गरिरहेको र उनीहरुलाई पनि कारबाही गर्ने प्रहरीले जनाएको छ।
गौशाला २६ भनेर विभिन्न युवतीको नाम/फोटोहरू सार्वजनिक गर्ने काम विदेशमा बसेका व्यक्तिले सामाजिक सञ्जालमार्फत गरेको र त्यस्ता व्यक्तिहरुलाई इन्टरपोलमार्फत पक्राउ गर्न सकिने प्रहरीको भनाई छ।
