• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बाँचिन् तर एक्ली भइन् सृष्टि: श्रीमान संगै अस्ताए छोरा र छोरी, गुमाइन् बुबा र आमा पनि !


  • धनकुटा खबर
  • .

काठमाडौँ – काठमाडौँमा शनिबार भयेक सवारी दुर्घटनामा परि पाँच जनाको ज्यान गएको छ। काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको हो।

दुर्घटनामा एकै परिवारमा तीन सहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा काठमाडौंको मैतिदेवी बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको निधन निधन भएको छ भने ज्यान गुमाउने अन्य तीन जना एकै परिवारका छन्।

दुर्घटनामा चालक डा. महेशकुमार गौतम र उनका दुई सन्तान ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियान्स गौतमको ज्यान गएको छ। त्यस्तै गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सामान्य घाइते भएकी छिन्।

प्रहरीका अनुसार शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार ११:५५ मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटरभन्दा तल खसेको थियो।

सृष्टि नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञका रुपमा कार्यरत रहेकी छन्। ज्यान गुमाउने ओमकार निधि तिवारी र कल्पना तिवारी सृष्टिका बुबा-आमा रहेका छन्।

महेशले भने लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थमा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए। डा गौतम र डा तिवारीले चीनबाट अध्ययन गरेर फर्केको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖