• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दोहोरी साँझमा भएको कुटपिटमा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी– गोदावरी नगरपालकाको अत्तरिया बजारमा रहेको दोहोरी साँझमा भएको कुटपिटमा परि एक जनाको ज्यान गएको छ।

२५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।

२५ गते राति दोहाेरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए। गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए। देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

उनले अनुसन्धानका लागि शनिबारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖