काठमाडौँ – बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा केहि दिन अगाडी मात्रै पक्राउ परेका तपस्वी रामबहादुर बम्जन यति बेला महोत्तरीको जलेश्वर कारागारमा छन्।
काठमाडौँबाट पक्राउ गरेर जिल्ला अदालत सर्लाही उपस्थित गराइएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो।
तपस्वी रामबहादुर बम्जनले कारागारमा जीमको सुविधा मागेका छन्। बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेको जेल श्रोतले जनाएको छ।
बम्जनको प्रश्न पश्चात आफूहरुले बिहान हिँडडुल गर्ने मात्र ठाउँ छ, अरु केहि छैन भन्ने जानकारी आफूहरुले दिएको कारागार प्रशासनका एक कर्मचारीले बताए।
“आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधे । बिहान हिँडडुल गर्ने मात्र ठाउँ छ । अरु केही छैन भनेर यहाँको सुविधाबारे जानकारी गरायौँ ।”,एक कर्मचारीले भने।
बम्जन पक्राउ परेका घरभित्र जिमखाना फेला परेको थियो। कारागारमा बम्जनसँगै अरू ५-७ जना जोगी कैदी रहेको बताइएको छ। बम्जनले आफूलाई सादा खाना माग समेत गरेका थिए।
