• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हुण्डी कारोबारमा संलग्न आरोपी र भरिया पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न आरोपी र भरियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ४२ वर्षीय राजु गौतम र काभ्रेपलाञ्चोक घर भएका ३९ वर्षीय भिमसेन गौतम छन् ।

काठमाडौँको महावौद्धमा इलेक्ट्रिक पसल ‘राधाकृष्ण जनरल स्टोर’ सञ्चालन गर्दै आएका राजु हुण्डी कारोबारी हुन् । मुख्य आरोपीको भरिया हुन् भिमसेन ।

उनीहरुको साथबाट १३ लाख ७५ हजार नगद र ७ लाख ९७ हजार बराबरको चेक बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

उनीहरु महावौद्धबाट पक्राउ परेका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी केसीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖