• Friday 9th of October 2026

रोमाल्डोका अर्का पूर्व सहकर्मी साउदीमा ?


  • धनकुटा खबर
  • .

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी प्रो लिग क्लब अल-हिलाल रियल म्याड्रिडका सुपरस्टार लुका मोड्रिचलाई भित्र्याउने योजनामा छ।

अल हिलालले रियल म्याड्रिडका सुपरस्टार लुका मोड्रिचलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्।

लस ब्लान्कोससँग मोड्रिचको हालको सम्झौता चालू सिजनको अन्त्यमा सकिँदैछ। यस्तोमा उनी विश्वको जुन सुकै क्लबमा सित्तैमा आवद्ध हुनको लागि उपलब्ध हुनेछन्।

रियलमा उनले सम्झौता थप गर्ने सम्भावना धेरै कम छ। यस सिजन उनले रियलमा पछिल्लो सिजन भन्दा कम मौका पाइरहेका छन्। उनलाई क्लबले वैकल्पिक खेलाडीको रुपमा प्रयोग गर्न थालेको छ।

लुका मोड्रिच सन् २०१२ मा टोटनह्याम हटस्परबाट ३५ मिलियन युरोमा रियल म्याड्रिड पुगेका थिए। म्याड्रिड दिग्गजहरूको लागि उनले कुल ५ सय १० उपस्थिति जनाइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖