• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

माघ २ र ३ गते सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

बारा । बाराको कोल्हवी नगरपालिकाले माघ २ र ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिका का नगर प्रमुख राम प्रसाद चौधरीले एक शुभकामना सन्देश जारी गर्दै माघे संक्रान्ती (माघी) पर्वको अवसरमा माघ २ र ३ गते नगरपालिका मातहतका निकायहरुमा सार्वजनिक विदा घोषणा गरिएको बताएका छन् ।

उनले हिन्दुहरुको चाड माघे संक्रान्ती एंव थारु जातिको नयाँ वर्ष मंकर संक्रान्ती (माधी) पर्वको अवसरमा नगरवासीहरुमा शुभकामना सन्देश दिएका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा , “नेपालमा विभिन्न जातजातिले मनाउने यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव एवम् सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पूऱ्याउदै आइरहेको छ ।

यस पर्वले कोल्हवी नगरपालिकामा रहेका सबै जातजाति, भाषा, संस्कृतिका समुदायहरूका बीच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक र सामाजिक रुपले समृद्ध नगर निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु ।” उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖