• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राजा वीरेन्द्रलाई एरिक भालीले भने- म जासुस होइन!


  • धनकुटा खबर
  • .

‘जसको मन नेपालमा छ’ नेपाली समाजलाई माया गर्ने र लामो समयदेखि यहाँ योगदान गरिरहेका विदेशी नागरिकहरूको कथा शृंखला हो।
यसपालिको कथा फ्रेन्च नागरिक एरिक भालीको।

एरिक कतै पैदल यात्रा गर्दै त कतै अरूका गाडी रोकेर ‘हिच-हाइकिङ’ गर्दै संसारका विभिन्न ठाउँको भ्रमणमा निस्किएका थिए। उनी लेबनान गए। सिरिया गए। अफगानिस्तान गए र त्यहाँबाट पाकिस्तान, भारत हुँदै नेपाल आए।

नेपाल आइपुग्दा झमक्क रात परेको थियो।

अठार वर्षका उनीसँग एउटा रूकस्याक, केही जोर लुगा, टर्चलाइट, स्लिपिङ ब्याग, एउटा क्यामरा र केही पैसा मात्र थियो। लोथ थाकेको ज्यान र ती सामान उनले काठमाडौंको झोछेँमा रहेको एउटा होटलमा थन्क्याए र रात काटे।

अर्को दिन बिहानै उनी काठमाडौं दरबार स्क्वायरको भ्रमणमा निस्किए।
सबेरै त्यहाँ भएका मानिसहरू देखेर उनी छक्कै परे र सोचे — संसारमा यस्ता मानिस अझै छन्?

वरपर नियालेपछि चकित भए, ‘ओ माई गड! यस्तो देश पनि यही गोलार्द्धमा छ!’
यो सत्तरी दशकको सुरूको कुरा हो।

त्यसयता ५० वर्षभन्दा बढी समयदेखि एरिक निरन्तर नेपाल आइरहेका छन्। र, संसारलाई नेपाल चिनाउने काम गरिरहेका छन्।-सबिना श्रेष्ठ/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖