• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

त्रिशुलीमा खसेको गाडी भारतीय नम्बर प्लेट भएको पुष्टि


  • धनकुटा खबर
  • .

त्रिशुली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।

जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल मुनि सवारी साधन देखिएको छ। सवारी साधनको नम्बर प्लेटमा बीआर ०९ जीसी १४३० लेखिएको छ। नम्बर प्लेट फेला परेकोले भारतीय गाडी रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले घटनास्थलमा सशस्त्रको गोताखोर पुगिरहेको बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। -बसन्त ढुंगाना/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖