• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा भर्ती भएका माओवादी नेता मारिए


  • धनकुटा खबर
  • .

काठमाडौं, २ माघ । रुसी सेनामा भर्ती भएका माओवादी नेता साजन गुरुङको मृत्यु भएको छ ।

उनी माओवादीको युवा संगठन योङ्ग कम्युनिट लिग (वाईसीएल) लमजुङको दुधपोखरी गाउँपालिका अध्यक्ष थिए ।

रुसी सेनामा भर्ती भएका साजनको रुस–युक्रेनबीच जारी युद्धमा केही हप्ताअघि ज्यान गएको हो । मृतक साजनका बाबु श्रीमान गुरुङ द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध थिए । मृतक साजन गत भदौ पहिलो हप्ता रुस गएका थिए ।

पारिवारिक स्रोतका अनुसार साजनले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्छु भनेर निस्किएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖