• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जब प्रोफेसरले नै अश्लील फिल्म बनाए !


  • धनकुटा खबर
  • .

सुखी यौन जीवनको सूत्र बाँड्ने एक अमेरिकी प्राध्यापक र उनकी पत्नीको जागिर खोसुवामा परेको छ।

प्राध्यापक जो गोवले आफ्नै घरको बैठक कोठामा आफू र पत्नी कार्मेन विल्सन रतिरागमा सक्रिय फिल्म निजी प्रयोगका लागि खिचेको भए पनि अश्लील साइटमा समेत राखेको खुलासा भएपछि गोवको जागिर खोसुवामा परेको हो।

दुवै पतिपत्नीले आफूलाई ‘सुपर ह्यापी कपल’ का रुपमा चिनाउँदै आएका थिए। अश्लील भिडियो सार्वजनिक भएको महिना दिनपछि विश्वविद्यालयले दुवैको सो गतिविधिमाथि अनुसन्धान गरेको थियो। पछि सो कुरा प्रमाणित भएको भन्दै प्राध्यापक गोवले पढाउने युनिभर्सिटी अफ विस्कन्सन–ला क्रोसेले उनको जागिर खोसेको हो। उनलाई पढाउन प्रतिबन्ध लगाइएको छ।

मनोविज्ञानकी प्राध्यापक समेत रहेकी उनकी पत्नी विल्सन प्राध्यापक गोवको सहयोगीका रुपमा सोही विश्वविद्यालयमा काम गर्ने गरेकी थिइन्।

यी दुईले २०१४ मा बिहे गरेका थिए। दुवै जना मिलेर नक्कली नाममा दुई वटा पुस्तक समेत लेखेका छन्। ‘म्यारिड विद बेनिफिट्सः आवर रियल लाइफ एडल्ट इन्डस्ट्री एडभेन्चर्स’ र ‘मोनोगामी विद् बेनिफिट्सः हाउ पोर्न इनरिच आवर रिलेसनसीप’ शीर्षकका किताब सर्वसाधारणले रुचाएको दाबी पनि गरिएको थियो।

दुई महिनाअघि यो जोडीले आफ्ना भिडियो सार्वजनिक गरेका थिए। लगत्तै प्राध्यापक गोवले आफू चान्सलर पदबाट राजीनामा दिने बताएका थिए।

युट्युबमा यो जोडीले ‘सेक्सी हेल्दी कुकिङ’ शीर्षकको भिडियो समेत बनाउने गरेको थियो। सो भिडियोमा अश्लील फिल्मका नायक–नायिका निम्त्याइन्थे। उनीहरुले प्राध्यापक दम्पतीको घरमा खाना बनाउँछन्, खान्छन् र त्यसपछि यौनक्रियामा लिप्त हुन्छन्।

यौनमा लिप्त भएको भिडियोलाई भने युट्युबमा राखिँदैनथ्यो। पछि ‘वन्ली फ्यान्स’ नामक अश्लील भिडियो साइटमा प्राध्यापक गोवले राख्ने गरेका थिए।

उनीहरुले यस्ता अश्लील क्रियाकलापका गतिविधि लोकप्रिय साइटहरु पोर्नहब र एक्सह्यामस्टरमा पनि राखेका छन्। सो वेबसाइटमा कसैले ती दुईलाई चिनेपछि विश्वविद्यालयलाई जानकारी दिएका थिए ।

मनोविज्ञानकी प्राध्यापक पत्नी कार्मेन विल्सन भन्छिन्, ‘हाम्रो भिडियो यति चाँडै चर्चित होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं। यति छिटो १० लाख बढीले हेरेछन्।’

उता विश्वविद्यालय बोर्डले भने यस्तो वाहियात सिर्जना भन्दै उनीहरु दुवैलाई जागिर निकाला गरेकामा आश्चर्य नलागेको विल्सन बताउँछिन्। जब उनले आफ्नी आमालाई अश्लील भिडियोका कारण जागिर गएकोबारे बताइन्, निकै रिसाएको बताइन्।

उता अश्लील फिल्म उद्योगले भने उनीहरुको यस हिम्मतका लागि थपथपाउँदै उनीहरुसँग काम गर्न इच्छुक रहेको विल्सनले जानकारी दिइन्।

घटना सार्वजनिक भएयता किनमेल राति हुँदो मात्र गरिरहेको दुवैले बताएका छन्। स्थानीय अखबारले दुई दिनअघि मात्र उनलाई ‘स्थानीय वर्ष व्यक्ति’ घोषणा गर्न लागेको थियो तर पछि उनी विश्वविद्यालयको निकालामा परेको खबर छापेको थियो।

उनीहरु अश्लील फिल्म बनाउने धन्दामा लागेको थाहा पाएपछि केही कुराकानी गर्न इच्छुक रहेको तर केहीले भने जीवनभर नबोल्नू भन्दै छड्किने गरेको गोव बताउँछन्। गोव चाहिँ आफूले संविधानसम्मत काम गरेको र यस्तो कार्य कुनै आपराधिक कार्य नभएको बताएका छन्।

उता विश्वविद्यालयले भने चान्सलर पद देशको ‘रोलमोडल’ हुनुपर्नेमा यस्तो इज्जतै खाने काममा लागेको भन्दै दुःख व्यक्त गरेको छ।

गोव १७ वर्षदेखि सो विश्वविद्यालयमा चान्सलर पदमा थिए। सामाजिक सञ्जालमा केहीले भने उनीहरुको भिडियोमा वयस्कको यौनजीवन, शाकाहारी जीवन, अश्लील भिडियोका बारेमा छलफल गरिने भएकाले ती जानकारीमूलक रहेको बताएका छन्।

गोव भन्छन्, ‘अधिकांश कलेजका युवा अश्लील फिल्म, अश्लील वेबसाइटमा गएर हेर्छन्। अनि हामीले यसका बारेमा स्वस्थ छलफल गर्न किन नमिल्ने ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖