• Friday 9th of October 2026

डिप्रेसनबाट बाहिर निस्किने प्रयासमा सन्दीप, भने – ‘जीवनमा अन्धकार नै अन्धकार छायो’


  • धनकुटा खबर
  • .

काठमाडौँ – जबरजस्ती करणीको आरोपमा काठमाडौं जिल्ला अदालतबाट दोषि ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो जीवनमा अन्धकार छाएको बताएका छन्।

अदालतले आठ वर्षको जेल सजाय सुनाएपछि राष्ट्रिय क्रिकेट संघ (क्यान)लाई एक पत्र लेख्दै आफू जीवनको कठिन समयमा रहेको र जीवनमा अन्धकार छाएको बताएका हुन्।

जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था रहेपनि उज्यालो दिन आउनेछ भन्नेमा आफू ढुक्क रहेको सन्दीपले सो पत्रमा उल्लेख गरेका छन्।

“अहिले मेरो जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था छ । तर, मेरो उज्यालो दिन आउनेछ भन्नेमा म पक्का छु । एकदिन सबै भित्री वास्तविकता र षड्यन्त्र बाहिरिनेछ भन्नेमा पनि म ढुक्क छु”,सन्दीपले पत्रमा लेखेका छन्।

पत्र मार्फत उनले आफू सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गरिरहेको पनि जानकारी दिएका छन्। अन्तिम साससम्म न्याय खोज्ने सन्दीपको प्रण छ।

सन्दीपले लेखेका छन्,”म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖