कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न.८ सुखडकी एक किशोरीको रुखबाट खसेर मृत्यु भएको छ ।
मंगलवार दिउँसो घाँस काट्न गएकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार राधा दिउँसो ३ बजेतिर घाँस काट्न गएकी थिइन,रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
