• Tuesday 6th of October 2026

मणिपुरमा चरमपन्थी समूहसँगको झडपमा कमाण्डोको मृत्यु


  • धनकुटा खबर
  • .

मणिपुर । मणिपुरको टेंगनौपाल जिल्लाको सीमावर्ती शहर मोरेहमा बुधबार बिहान संदिग्ध कुकी चरमपन्थी र सुरक्षा बलहरूबिच भएको गोली हानाहानमा एक आईआरबी कमाण्डोको मृत्यु भएको छ।

घटनाको पुष्टि गर्दै तेङ्गनौपाल जिल्लाका प्रहरी उपरीक्षक राहुल गुप्ताले बीबीसीलाई भने, ‘यो गोलाबारीमा एक प्रहरीको मृत्यु भएको छ। हाम्रो टोली अतिवादीहरूको खोजीमा छ।’ यस घटनामा मारिएका सिपाहीको पहिचान राज्य प्रहरी कमान्डोमा संलग्न आईआरबी जवान वाङ्खेम सोमरजीतको रूपमा भएको छ। उनी इम्फाल पश्चिम जिल्लाको मालोमका बासिन्दा थिए।

प्रहरीका अनुसार बुधबार बिहान मोरे सहरका विभिन्न तीन स्थानमा सुरक्षाकर्मी र चरमपन्थी समूहबिच गोली हानाहान भएको थियो । यी संदिग्ध चरमपन्थीहरूले मोरेह नजिकैको सुरक्षा चौकीमा बम फ्याँक्नुका साथै गोली चलाएका थिए जसमा एक प्रहरी कमान्डो मारिए। घटनामा अर्का कमाण्डो घाइते भएका छन् ।

अहिले मोरे सहरमा पूर्ण कर्फ्यू लगाइएको छ । मोरे सहरका एक बासिन्दाले तीन दिनदेखि आफ्नो सहरको अवस्था निकै नाजुक रहेको बताए । वरपरका क्षेत्रमा प्रायः गोली चलेको आवाज सुनिएको उनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖